शुक्रबार, असोज ४, २०८१

बालेनले २८ हजार मत कटाए, स्थापितभन्दा दोब्बर मतले अगाडि

नेपालखोज २०७९ जेठ ६ गते १२:३३

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले २८ हजार २० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ । पछिल्लो मत परिणामअनुसार स्थापितले १४ हजार ५४८ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन १३ हजार ४७२ मतले अगाडि छन् ।

यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले १३,९९० मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले २,५०४ मत ल्याएका छन् । उपमेयरमा सुनीता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् ।

एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८,५९१ मत प्राप्त गरेका छन् । उपमेयरमै राप्रपाकी विनीता मगैयाले ३,६२३, स्वतन्त्र उम्मेद्वार बेन्जीसिंह महर्जनले २।१७२ विद्या श्रेष्ठ (महर्जन) ले १,५०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया