पोखरामा २८,५६३ मतसहित आचार्यको अग्रता कायमै, थापा ३,२०६ मतले पछि
नेपालखोज
२०७९ जेठ ६ गते १७:४३
पोखरा । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले २८,५६३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २५,३५७ मत ल्याएका छन् । आचार्य र थापाबीच ३,२०६ मतको अन्तर भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३,०६५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले १,८२२ मत ल्याएका छन् ।
यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले २९,०२० मत ल्याएकी छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले २८,९०० मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले २,८८० मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया