शनिबार, वैशाख १५, २०८१

खेलाडी र प्रशिक्षक विवाद : खेलाडीसँगै प्रशिक्षक र टिम व्यवस्थापन दोषी

नेपालखोज २०७९ जेठ ६ गते २०:३८

काठमाडाैं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीको विवादका विषयमा छानविन समितिले आफ्ने प्रतिवदेन बुझाएको छ ।

जसमा खेलाडीसँगै प्रशिक्षक र टिमको व्यवस्थापनलाई दोषी रहेको ठहर गरेको छ । भिक्टर राणाको संयोजकत्वमा रहेको छानविन समितीले एक साताको अध्ययनपछि एन्फालाई प्रतिवेदन बुझाएको हो ।

जसमा प्रशिक्षकको खेलाडी प्रतिको ब्यवहार चित्त बुझ्दो नभएको र उनले प्रक्रियागत रुपमा काम गर्नुको साटो त्यसलाई मिचेको उल्लेख गरेको छ ।

यसका साथै समितिले एन्फालाई प्रशिक्षकलाई आफ्नो काम भन्दा बाहिर हस्तक्षेप गर्न नपाउने भन्दै निर्देशन दिनपनि भनेको छ ।  

प्रतिवेदनमा प्रशिक्षकले खेलाडी छनोटमा व्यवस्थापनलाई पनि बेवास्ता गरेको र प्रशिक्षण तथा अन्य काममा आफ्नो दायराभन्दा बाहिर गएर काम गरेको बताएको छ । 

खेलाडीले क्याम्प छोड्नुमा प्रशिक्षक, टिम ब्यवस्थापन र एन्फाको सचिवालय पनि दोषी रहेको ठहर गरेको छ । बैशाख १३ गते १० खेलाडीले प्रशिक्षकको रवैया खेलाडी प्रति राम्रो नभएको भन्दै क्याम्प छोडेका थिए । 

जसमा छानविन समितीले खेलाडी बन्द प्रशिक्षणबाट भागेर गएको तथ्यमा सत्यता देखिन्न । २८ प्रिष्ट लामो प्रतिवेदनमा समाधानको बाटोपनि राखिएको छ ।

प्रतिक्रिया