सबै ठाउँमा छाप छाड्न सफल हुन्छन् यी राशिका महिला

मानिसको राशिमा उनीहरुको भूत, वर्तमान तथा भविष्य लुकेको हुन्छ । ज्योतिषशास्त्रअनुसार केही राशिका युवतीहरु यति प्रभावशाली हुन्छन् कि उनीहरु घर तथा घरबाहिर सबैतिर आफ्नो अलग छाप छाड्न सफल हुन्छन् ।
यी राशिका महिलाले घर होस् वा अफिस हरेक स्थानमा आफ्नो क्षमता अनि मिहिनेतको बलमा अरुलाई प्रभावित तुल्याउँछन् । यिनीहरुमाथि लक्ष्मी माताको पनि विशेष कृपा रहन्छ ।
मिथुन (Gemini) – मिथुन राशि हुने महिलाहरु हरेक कार्य उत्साहपुर्वक सम्पन्न गर्छन् । काम गर्ने यिनीहरुको गति पनि अरुको तुलनामा तेज हुन्छ । जसका कारण यिनीहरु आफ्नो लक्ष्य समयमै हासिल गर्न सक्छन् । मिथुन राशिका युवती योजना बनाउने कुरामा पनि माहिर हुन्छन् । यिनीहरु घरदेखि अफिससम्मको जिम्मेवारी निकै राम्रोसँग निर्वाह गर्न सक्छन् । यिनमा लक्ष्मी माताको आशीर्वाद पनि रहन्छ । यिनीहरुले परिश्रम र योग्यताको बलमा आफ्नो सपना साकार बनाउँछन् । यिनीहरुलाई हर प्रकारका सुख-सुविधा प्राप्त हुन्छ । मिथुन राशिका महिलाहरुले क्रोध र अहंकारबाट जोगिनुपर्छ अन्यथा हानि हुनसक्छ । ‘क’, ‘छ’ र ‘घ’ बाट न्वारानको नाम जुर्नेहरुको राशि मिथुन हुन्छ ।
सिंह ( Leo ) – सिंह राशि हुने युवतीहरु हर चिजमा सन्तुलन कायम गर्दै अघि बढ्छन् । यिनीहरु हरेक परिस्थितिमा समान रहन्छन् । यिनीहरु आफ्नो लक्ष्यलाई लिएर गम्भीर रहन्छन भने असफलतामा हडबडाउने, निराश हुने काम गर्दैनन् न त सजिलै हार मान्छन् । सिंह राशि हुने युवतीहरुले नोकरी तथा बिजनेसमा विशेष सफलता प्राप्त गर्न सक्छन् । यिनीहरु घरको जिम्मेवारीमा समेत खरो उत्रन्छन् । यिनीहरुले आफ्नो परिश्रमको बलमा धेरै कुरा हासिल गर्न सक्छन् भने सहयोगीहरुसँग काम लिन पनि जान्दछन् । यही कारणले यो राशिका युवतीहरु राम्रो टिम लिडर वा बोस साबित हुन्छन् । यो राशि हुनेहरुले चाँडै अरुको विश्वास गर्नु हुँदैन भने कार्य पूर्ण हुनुअघि आफ्नो योजना कसैसँग सेयर गर्नु हुँदैन । जसको न्वारानको नामको पहिलो अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टेबाट सुरु हुन्छ उनीहरुको राशि सिंह हुन्छ ।
वृश्चिक ( Scorpio ) – वृश्चिक राशि हुने युवतीहरु प्रत्येक कार्य निकै गम्भीरतासँग सम्पन्न गर्छन् । यिनीहरु आफ्नो काममा कुनै त्रुटि-कमजोरी नहोस् भन्ने कुरामा हरदम सचेत रहन्छन् भने भविष्यको खतरा अनुमान लगाउन पनि माहिर हुन्छन् । यही विशेषताका कारण यिनीहरु समयमै आफ्नो रणनीति परिवर्तन गर्न सक्छन् । वृश्चिक राशिका युवतीहरुले घर र बाहिर दुवैतिर सफलता प्राप्त गर्छन् । यिनीहरु योजना बनाएर काम गर्न रुचाउँछन् भने समूहलाई साथ लिएर हिँड्छन् । यिनीहरुबाट आफ्नो अधिकारको गलत प्रयोग हुँदैन । स्वभावमा विनम्रताका कारण यिनीहरु प्रतिस्पर्धीको पनि प्रशंसा पाउन सफल हुन्छन् । न्वारानको नाम तो, ना, नी, नू, ने, नो, या, यी, यूबाट सुरु हुनेहरुको राशि वृश्चिक हुन्छ ।
प्रतिक्रिया