शुक्रबार, वैशाख ७, २०८१

पोखरामा धनराजको अग्रता कायमै, कृष्णबहादुरभन्दा ३,२६२ मतले अगाडि

नेपालखोज २०७९ जेठ ७ गते १८:१२

कास्की । पोखरा महानगरका मेयरमा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै छ । यो समाचार तयार पारुन्जेल उनले ३५,५८७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३२,३२५ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३,६८९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार खडकराज पौडेलले २,३६८ मत ल्याएका छन् । यसैबीच उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ३६,८५४ मत प्राप्त गरेकी छन् ।

यस्तै नेपाली कांग्रेसकी कोपिला रानाभाटले भने ३६,०३९ मत ल्याएकी छन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडलले ३,८६४ मत ल्याएकी छन् ।

प्रतिक्रिया