बिहीबार, वैशाख १३, २०८१

सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डे पक्राउ, प्रतियोगीलाई बलात्कार गरेको आरोप

नेपालखोज २०७९ जेठ ७ गते १८:२९

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।सामाजिक सञ्जालमार्फत पीडित युवतीले सार्वजनिक गरेको भिडियोका आाधारमा प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायाे । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् ।

उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेकाे र सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटेलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ ।

प्रतिक्रिया