बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंकद्वारा पुनः २७ अर्ब २० करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७९ जेठ ८ गते १५:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ १० गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन पाउँछन् । बिक्री गरिने उक्त ट्रेजरी २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार ७ गते, २०७९ भदौ ७ गते, २०७९ मंसिर ६ गते र २०८० जेठ ९ गते तोकिएको छ । यी सबै ट्रेजरी पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि यही वैशाख २९ गते पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया