नेप्सेमा १७ अंकले गिरावट, पाँच अर्ब नौ करोड बराबरको सेयर किनबेच

काठमाडौं । नेप्से दोहोरो घटेको छ । अघिल्लो दिन दुई दशमलव ९५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १७ दशमलव शुन्य एक अंकले घटेर २७ सय ८७ दशमलव १५ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले घटेर चार सय ६८ दशमलव २७ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४८ वटा कम्पनीहरुको ९३ हजार नौ सय सात पटकको कारोबारमा एक करोड १३ लाख ७५ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब नौं करोड ५९ लाख पाँच हजार सात सय ५७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा तीनवटा समूहरुको सूचक बढेर बाँकी समूहरुको सूचक घटेको छ । सो मध्ये उत्पादनमुलक समुहको सुचक ६९ दशमलव ६२ अंकले बढेर ११ हजार छ सय २४ दशमलव ५३ अंकमा चढेकोमा सामुहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव शून्य एक र १६ दशमलव ६३ अंकले बढेका छन् ।
यि बाहेक बाँणिज्य बैंक समूहको सूचक ११ दशमलव २० अंकले घटेर १४ सय ४३ दशमलव ६३ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि पाँच दशमलव शून्य सात अंकले घटेर पाँच हजार नौ सय ६६ दशमलव ५५ अंकमा झरेको छ ।
फाईनान्स समूहको सूचक पनि २५ दशमलव ७२ अंकले घटेर २३ सय ९५ दशमलव ७८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४२ दशमलव ४५ अंकले घटेर तीन हजार नौ सय ८९ दशमलव ४९ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ५३ अंकले घटेर १२ हजार पाँच सय ७७ दशमलव ३५ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३१ दशमलव ४० अंकले घटेर १० हजार आठ सय ८८ दशमलव ८७ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः एक सय १७ दशमलव ७१, शुन्य दशमलव ५५ र १७ दशमलव ६३ अंकले घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ ।

प्रतिक्रिया