शुक्रबार, असोज ४, २०८१

कांग्रेसको नेतृत्व ३१४ पालिकामा, एमाले १९३ र माओवादी १२०

नेपालखोज २०७९ जेठ ८ गते १५:५३

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म ३१४ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म ११ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १९३ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । १३ पालिका प्रमुखमा एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १२० पालिका प्रमुखमा जित निकालेको छ भने दुई स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने दुई पालिकामा अग्रस्थानमा छ ।

जनता समाजवादी पार्टीले २९ प्रमुख पद जितेको छ भने २ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १३ स्थानमा प्रमुख पद जितेको छ भने दुई स्थानमा अगाडि छ । स्वतन्त्र तथा अन्य पार्टीले २९ स्थानको प्रमुखमा जित हासिल गरेका छन् भने तीन स्थानमा अगाडि छन् ।

प्रतिक्रिया