मंगलबार, वैशाख २३, २०८२

धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई विजयी

नेपालखोज २०७९ जेठ ८ गते १८:३८

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई २० हजार ८२१ मतसहित निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका राईले १६ हजार ५९ मत पाए । 

त्यस्तै उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाएका थिए ।

प्रतिक्रिया