मंगलबार, वैशाख २३, २०८२

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता, कसको मत कति ?

नेपालखोज २०७९ जेठ ८ गते २०:२४

कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

निर्वाचन आयोगको पछिल्लो गणनाको नतिजाअनुसार गठबन्धनबाट मेयर (प्रमुख) पदका उम्मेद्‌वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४५ हजार २७ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४१ हजार ५९० मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ४३७ मतान्तरसहित अग्रता हासिल गरेका हुन् ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४७ हजार ३२४ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार कोपिला रानाभाटले ४४ हजार ९६४ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया