शुक्रबार, असोज ४, २०८१

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ सय रूपैयाँ बढ्याे

नेपालखोज २०७९ जेठ ८ गते २१:२१

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थकाे भाउ फेरी बढाएकाे छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा प्रतिलिटर १० रुपैयाँ बढेकाे हाे ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ पर्ने भएकाे छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिन्डर ग्याँसकाे मूल्य १८०० रुपैयाँ पुगेकाे छ । साथै हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

No description available.

प्रतिक्रिया