बिहीबार, वैशाख १३, २०८१

नेपालका हितैषि शरद यादब रहेनन्

नेपालखोज २०७९ पुष २९ गते १२:४३

जनता दल युनाइटेडका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री शरद यादवको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको निधनमा नेपाली पत्रकार चन्द्र किशोर झाले लेखेका छन-नेपाली लोकतन्त्र र जनताका शुभेच्छुक भारतीय समाजवादी नेता शरद यादवको निधनले नेपालले एक असल साथी गुमाएको छ । नेपाल–भारत जनसम्पर्कमा उहाँ महत्वपूर्ण कडी हुनुहुन्थ्यो ।


स्व. यादबले २०४६ को आन्दोलन अघि गणेशमान सिंहको क्षेत्रपाटि स्थित निवासको प्रांगणमा भएको राजनितीक सम्मेलनमा भारतिय नेता चन्द्रशेखर सँगै सम्बोधन गर्नु भएको थियो भने उक्त स्म्मेलनले प्रजातान्त्रिक अन्दोलनको उदघोष गरेको थियो । पछि पनि नेता यादबले बारम्बार काठमाडौं आएर नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजात्रन्तको बिकासमा सहयोग पुर्याउनु भएको थियो ।


शरद यादवको निधनमा उहाँसँग काम गर्ने भारतका बिभिन्न नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।आरजेडि प्रमुख लालु यादवले ट्वीटरमा एक भिडियो पोस्टमा भनेका छन्, “मेरा दाइ शरद यादवको मृत्युको खबर सुनेर म अत्यन्तै दुखी छु। उनी, मुलायम सिंह, नितिश कुमार र मैले एकसाथ राममनोहर लोहिया तथा कर्पूरी ठाकुरबाट समाजवादको राजनीति सिकेका हौं । धेरै पटक शरद यादव र म आपसमा झगडा गर्थ्यौं तर हाम्रो असहमति कहिल्यै कटुताको कारण बन्न सकेन । बीजेपीसँगको गठबन्धनका कारण शरद यादव जेडीयूबाट अलग्गिए । त्यसपछि उनले आफ्नो छुट्टै पार्टी प्रजातान्त्रिक जनता दल बनाए ।

शरद यादवले आफ्नो लोकतान्त्रिक जनता दल बनाएका थिए जुन मार्च २०२० मा राष्ट्रिय जनता दलमा विलय भएको थियो।
शरद यादवको निधनमा शोक व्यक्त गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले स्व. यादबले आफ्नो लामो सार्वजनिक जीवनमा आफूलाई सांसद र मन्त्रीका रूपमा चिनाएको बताउँदै लेखेका छन- उनी डा. लोहियाको आदर्शबाट प्रभावित थिए। मोदीले शरद यादवसँगको कुराकानी आफ्ना लागि सघै प्रीय र प्रेरणादायी रहेको कुरा बताएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले शरद यादवसँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।


नितिश कुमारले लेखेका छन्, ‘पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन दुःखद छ । शरद यादव जीसँग मेरो गहिरो सम्बन्ध थियो। उहाँको निधनको खबरले म स्तब्ध र मर्माहत छु । उनी बलियो समाजवादी नेता थिए । उनको निधनले सामाजिक र राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माले शान्ति पाओस्। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले लेखेका छन्, “देशको समाजवादी धारका वरिष्ठ नेता, जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधनले म दुखी छु।


पूर्व केन्द्रीय मन्त्री र दशकौंसम्म उत्कृष्ट सांसदका रूपमा देशको सेवा गर्दै उहाँले समानताको राजनीतिलाई बलियो बनाउनुभयो। कांग्रेस नेता राहुल गान्धीले ट्वीट गरेका छन , “शरद यादव जी समाजवादका प्रवक्ता हुनुका साथै नम्र स्वभावका व्यक्ति थिए। मैलेउहाँबाट धेरै कुरा सिकेँ ।


शोक व्यक्त गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहले भनेका छन, “शरद यादव जीले दशकौंसम्म बिहार र भारतीय राजनीतिमा आफ्नो बहुमूल्य योगदान दिए। दु:खको यस घडीमा उहाँका परिवार र समर्थकहरूप्रति समवेदना प्रकट गर्दछु। भगवानले दिवंगत आत्मालाई आफ्नो पावन चरणमा स्थान प्रदान गरून्। यस बाहेक यूपीका सीएम योगी आदित्यनाथ, सपा प्रमुख अखिलेश यादब , बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव तथा भाजपा अध्यक्ष जगत प्रकाश नड्डाले पनि शरद यादवका बारेमा श्रृद्धांजलि ट्वीट गरेका छन् ।

प्रतिक्रिया