जनकपुर : स्वतन्त्र मनोजकुमार ११,४५३ र एमालेका शिवशंकर ९,१२६
नेपालखोज
२०७९ जेठ ९ गते ९:३०

जनकपुर । जनकपुर उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह सुडी अग्रस्थानमा रहेका छन् । यो समाचार तयार पार्दा उनले ११,४५३ मत प्राप्त गरेका छन् । सुडीलाई एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । साहले ९,१२६ मत प्राप्त गरेका छन् ।
यस्तै मेयर पदमा जनता समाजवादी पार्टीका लालकिशोर साहले ४,७०८ मत प्राप्त गरेका छन् ।लोसपाका मनोज चौधरीले ४,३२५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार बलराम महतोले ३,५६९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १३,२३९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । एमालेकी रुणादेवी झाले १०,३२६ मत ल्याएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले ४,४९० मत ल्याएकी छन् । स्वतन्त्र उम्मेद्वार निर्मलकुमार चौधरीले ३,२२२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया