मंगलबार, वैशाख २३, २०८२

तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता, मेयरमा टीकाराम १,९५४ मतले अघि

नेपालखोज २०७९ जेठ ९ गते ११:४९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा एमाले र कांग्रेसका उम्मेद्वार प्रतिस्पर्धामा देखिएका छन् । एमालेबाट मेयर पदका उम्मेद्वार टिकाराम खड्का अग्रस्थानमा छन् ।

खड्काले यो समाचार तयार पार्दासम्म २०,८९४ मत प्राप्त गरेका छन् । खड्कालाई नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८,९४० मत ल्याउँदै पछ्याउँदैछन् । एमालेका खड्का कांग्रेसका उम्मेद्वार गिरीभन्दा १,९५४ मतान्तरले अघि छन् ।

यसैबीच, उपप्रमुखमा एमालेकी स्यानी चौधरीले २०,३३१ मतका साथ अग्रस्थानमा छिन् । एकीकृत समाजवादीका जोगबहादुर रानामगरले १४,०२३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया