मंगलबार, वैशाख २३, २०८२

बालेनकाे पुग्याे ४३ हजार ८५० मत, सिर्जनाको २५,९४४ र स्थापितको २५,०५९

नेपालखोज २०७९ जेठ ९ गते १२:४९

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ४३ हजार ८५० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४मत ल्याउँदै दास्रो स्थानमा छिन् । त्यस्तै नेकपा एकालेका स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया