आइतबार, भदौ ३०, २०८१

‘नकारात्मक मान्छेको नकारात्मक कुरा’

नेपालखोज २०७९ जेठ ९ गते १४:३३

‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो, बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो । यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो।’
डा.शेखर कोइराला

समाचारमा आएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको उक्त भनाइमा व्यक्त भएका केही प्रतिक्रिया :

नापियो गोर्खा को के हालत भो ?
विकास न्यौपाने

नकारात्मक मान्छेको नकारात्मक कुरा ।
केशव घिमिरे

देखियो, हो रहेछ । गठबन्धन नभएको भए खोलै खोला ।
शाहिमान राई

एक्लै लड्दा तपाईंलाई सभापतिमा जे भयो त्यस्तै हुनेथियो, देउवाले कङ्गेस बचाए भन्नुस !
अभिषेक सापकोटा

यो चाँही सहि लाग्यो ।
शिद्दार्थ श्रेष्ठ

हैट् लालबाबु पण्डितले हराएको मान्छेको कुरै ठूलो ।
प्रदीप राज अधिकारी

पागल कुरा गर्ने थाले फेरि यिनले ।
प्रकाश अधिकारी

हावा कुरा नगर बुढा, गोरखामा लगेर तिमीलाई चुनाव लडाउनु पर्ने ।
भट्ट बिमल

गफ् ! यी साह्रै चिसा मान्छे रहेछन् । त्यत्रो धेरै मतले पार्टी सभापति जितेपछि मन बुझाइ प्रचार प्रसारमा लाग्नुपर्थ्यो। एउटा पनि चुनावी सभामा गएनन् यी । देउवालाई असफल बनाउँदा आफैँ असफल हुन्छु भन्ने हेक्का नभएको । देउवाले पहिलो पार्टी बनाए भने आगामी सभापति पनि देउवाले चाहेको मान्छे नै हुनेछ भन्ने ठूलो डर छ यिनलाई।
आकाश निलम गोबिन्द

हा हा हा के बोलेको होला ?
जगदेव लाल साह

जिन्दगी भर सरकारी जागिर खाएर रिटायर जिवन बिताउन राजनीतिमा आएकाले के गर्ने खुबी छ र ? तिम्रा बा आमा नेता भएर मात्रै हो नत्र तिम्रो हैसियत वडा अध्यक्ष हुने मात्रै हो ।
ओमकार सिग्देल

नेताजीको आलु कुरा !
तुलाराम गुरुङ

यि बुढाको दृष्टिकोण छैन कि के हो ? देउवासँग चुनाव हरेको ईर्ष्या मात्र हो नि यो तर्क त ।
विनोद

तिमी मेडिकल क्षेत्रको मात्र डाक्टर हौं राजनीतिको ह‍ोइन । गठवन्धन नगरेको भए ०७४ को हविगत भन्दा तल पुग्थ्यौं । वात कर्ता है !
गोपाल क्षेत्री

यिनले आगामी निर्वाचन पनि हार्ने भए !
खगेन्द्र शाही

भो धेरै नभुक डाम्ना !! तिम्रो एजेन्डा फेल खाइसक्यो । मङ्सिरमा काल बाबु पन्डितलाई गठबन्धन नगरी जितेर देखाउ अनि बल्ल फुर्ती लगाउ ।
शरद राज अधिकारी

यो पनि केपी ओली नै रहेछ ।
वालचन्द्र श्रेष्ठ

गफ धेरै भो बाजे। शेरेले यति नगरेको भए दोश्रोमा खुम्चिनु पर्थ्यो। बलभन्दा बुद्धि ठूलो भनेको यहि हो।
सरोज कटुवाल

बेला न कुबेला कोइराल‍ो बास्दा अलक्षिन लाग्छ भन्छन्, बुढा बासे अब के हुने हो कुन्नि !
धर्मराज बाँनिया

संघ र प्रदेशको चुनावमा एक्लै लडे भइहाल्यो त ।
फेरि लालबाबुले धुलो चटाउँछ अनि चेत खुल्छ तिम्रो ।
समीर गिरि

बुढोलाई दशानै लागेको छ कि क्या हो ?
सनत लुंगाली राई

यस्तै थुतुनोले हो नि महाअधिवेसनमा गुल्टेको ।
निसम गजुरेल

गठबन्ध नगरेको भए काग्रेसले एक सय सिट पनि जित्थेन ।
शिव प्रसाद

मोरङ्‌लाई पत्तासाफ बनाइ हालेउ देखियो तिम्रो खुबी ।
खगेन्द्र संग्रौला

नखोक, यदि गठबन्धन नभएको भए के परिणाम आउथियो त्यो सबैलाई थाहा छ । किन झुट बोल्छौ बाजे !!
थिरु राई

तिम्रो यहि बोलिले अर्को पटकको सभपति पनि फुस्किन्छ, गठबन्धनको विरोध गर्दा सभापतिमा हारेको भुल्यौं ?
पौडेल नारायण

सिङ्ल सिङ्ल लडेको भए विराटनगरमा मेयर उपमेयर दुबै जित्ने रैछन .. त्यहि भएर हो कि बढी बोलेका ।
राम त्रिपाठी

पारिवारिक बिरासत बाहेक एउटा दुरदर्शी नेतामा हुनुपर्ने एउटा गुण छैन , कसरी शेर बहादुर देउवालाई निचाँ देखाउन पाए हुन्थ्यो भन्ने बाहेक अरु केही छैन ।
कमल सुनार

हो यसले आफूभन्दा जान्ने कोहिछैन भन्दो र छ त्यहि भएर हार्‍यो । यो आउनु पर्छ पार्टीमा बल्ल बामहरुको पालो आउथ्यो ।
नारायण पौड्याल

कोइराला परिवारका सदस्यहरु सत्ताबाट च्युत भएको धेरै वर्ष भयो त्यसैले दिमागले काम गर्दैन । विचारा आफैँले हारेको हो, ठूलो कुरा गर्छ ।
राकेश

प्रतिक्रिया