बिहीबार, चैत १५, २०८०

बालेनको पुग्यो ४५ हजार ९८२ मत, सिर्जनाको २७,४२३ र स्थापितको २६,४५४

नेपालखोज २०७९ जेठ ९ गते १४:०९

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ४५ हजार ९८२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याउँदै दास्रो स्थानमा छिन् ।

नेकपा एमालेका स्थापितले २६ हजार ४५४ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले ४४ हजार ७०५ मत ल्याएकी छन् । उपमेयरमै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५,२८२ मत ल्याएका छन् ।

प्रतिक्रिया