नवलपुरको कावासोतीमा सेन्चुरीको नयाँ शाखा
काठमाडाैं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गलाई सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका ८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीको उपस्थिति थियो ।
गत, चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब १ करोड ५६ लाख रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया