शुक्रबार, वैशाख १४, २०८१

३४ अंकले नेप्से घट्दा सबै सूचक रातै, १ अर्ब ३६ करोडको कारोबार

नेपालखोज २०७९ जेठ ९ गते १६:०३

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ३४ दशमलव २१ अंकले घटेर २२ सय दशमलव ८८ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि पनि पाँच दशमलव ६९ अंकले घटेर चार सय २९ दशमलव शून्य पाँच अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय २४ कम्पनीको २८ हजार पाँच सय ६ पटकको कारोबारमा ३९ लाख १७ हजार ६ सय ६५ कित्ता सेयर खरिद-बिक्री भएको छ । जस कारण कुल कारोबार रकम एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ९६ अंकले घटेर १५ सय २५ दशमलव ८२ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि ७५ दशमलव ९२ अंकले घटेर तीन हजार सात सय ७९ दशमलव ७८ अंकमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक ५३ दशमलव नौ अंकले घटेर २५ सय चार दशमलव ५७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ६३ दशमलव ७९ अंकले घटेर नौ हजार तीन सय ८४ दशमलव ९८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक दुई सय ८५ दशमलव ८८ अंकले घटेर १० हजार ६ सय २५ दशमलव २५ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमाा आज गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २० प्रतिशतले बढेर ११ सय ३७ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेर १३ सय ४० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता आठ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा चार करोड १५ लाख नौ हजार दुई सय ६५ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया