मंगलबार, वैशाख ११, २०८१

पोखराको मेयरमा धनराजले ५० हजार मत कटाए, कृष्णबहादुरसँग ४,०२९ मतको फरक

नेपालखोज २०७९ जेठ ९ गते १६:०७

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत ल्याएका छन् । गठबन्धनका आचार्य ४ हजार २९ मतान्तरसहित अग्रस्थानमा छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५३ हजार १७३ मतसहित अग्रस्थानमा छिन् । उपमेयरमै कांग्रेसकी कोपिला रानाभाटले ४९ हजार ५८६ मत ल्याएकी छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ । ९ वडामा एमाले विजयी भएको छ । महानगरको वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रतिक्रिया