बुधबार, वैशाख १९, २०८१

मुखको दुर्गन्धबाट कसरी मुक्ति पाउने ?

नेपालखोज २०८० साउन २४ गते ९:००

बिहान ब्रस गरेपछि पनि धेरैको सास गन्हाउँ छ जसका कारण जो कसैका अगाडि बोल्न लाज हुन्छ । त्यस्ता व्यक्तिहरू अफिसमा कसैको सामु आफ्नो अपमान नहोस् भनेर बोल्ने कुरामा टाढै रहन्छन् । सासको दुर्गन्धका कारण आत्मविश्वासको स्तर पनि घट्छ । यदि तपाईं पनि मुखबाट आउने दुर्गन्धले हैरान हुनुहुन्छ भने यो खबर तपाईंका लागि मात्र हो । विज्ञहरूका अनुसार कतिपय अवस्थामा पेटको आन्तरिक समस्याका कारण सास गन्हाउने समस्या सृजना हुन्छ जसको उपचार चिकित्सकबाट गराउनुपर्छ ।

किन ब्रस गरेपछि पनि मुखबाट दुर्गन्ध आउँछ ?

– प्याज /लसुन बढी खाँदा अर्थात् सल्फरयुक्त खानेकुरा खाँदा मुखमा दुर्गन्ध आउँछ ।
– धुम्रपान र रक्सीले पनि सास गन्हाउँछ ।
– गिजा सड्दा पनि मुखमा कडा गन्ध आउँछ ।
– मुखमा इन्फेक्सनका कारणले पनि सास गन्हाउँछ ।
– दाँतको किराका कारणले पनि सास गन्हाउँछ।
-पानीको कमीले पनि मुखबाट दुर्गन्ध आउँछ।

कसरी सास गन्हाउने समस्याबाट छुटकारा पाउने ?

सौंफ चपाउने

सौंफ हरेक घरको भान्सामा सजिलै उपलब्ध हुन्छ । हरेक दिन खाना खाए पछि १ चम्चा सौंफ चपाउँदा मुखको दुर्गन्ध हटने मात्र होइन पाचन शक्तिमा पनि सुधार आउँछ । कतिपय अवस्थामा पाचन सम्बन्धी समस्याका कारण पनि मुखबाट सासको दुर्गन्ध आउँछ ।

तुलसीको पात

तुलसीको पात चपाएर पनि सासको दुर्गन्ध कम गर्न सकिन्छ। तुलसीको पात दाँतमा प्वाल भएकाहरुका लागि फाइदाजनक हुन्छ । तुलसीको पातले पायोरियाको समस्या समेत कम गर्छ ।

सासका लागि अलैंची

सानो अलैंची वा हरियो अलैंचीले केही मिनेटमै मुखको दुर्गन्ध हटाउन सक्छ। अलैंचीमा सुगन्ध हुन्छ । यसलाई चपाउँदा मुखको दुर्गन्ध छिट्टै हट्छ । आफ्नो झोलामा सधैं अलैंची राखेर आवश्यक परेको बेला चपाउन सकिन्छ ।

फलफूलले दुर्गन्धबाट छुटकारा

स्याउ / नशपाती जस्ता फलफूल खाँदा दाँतको स्वास्थ्यमा सुधार आउँछ र मुखको व्यायाम समेत हुन्छ । यदि हरेक दिन यस्ता फलफूल सेवन गर्ने हो भने दाँत चम्किलो हुन्छ र मुखको दुर्गन्ध पनि हट्छ।

कागतीको रस

प्याज /लसुनको सेवन गरेपछि सास गन्हाउने समस्या बढ्छ । यस्तो अवस्थामा कागती लाभदायक साबित हुन्छ। कागतीको रस क्याविटीको समस्यामा पनि लाभदायक साबित हुन्छ ।

पानीको कमी हटाउने

कम पानी पिउँदा पनि मुखबाट दुर्गन्ध आउन थाल्छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । सास गन्हाउने समस्याबाट सताइएकाहरूले दिनमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ ।

प्रतिक्रिया