शनिबार, असोज ५, २०८१

सहकारीको डिजिटल रुपान्तरणका लागि महासंघले इन्फोडेभलपर्ससँग गर्यो साझेदारी

नेपालखोज २०७९ जेठ ९ गते १६:३३

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मीनराज कँडेलले बताए । ‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं,’ उनले सम्झौतापछि भने ।

सम्झौतापत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका थिए । सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपालस सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्त्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । कम्पनीले हाल एक हजारभन्दा बढी सहकारी दर्जनौं लघुव्त्ति र केही बैंकलाई सेवा दिइरहेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिललाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आबद्धता गर्न जोड दिनुपर्ने बताए । उनले बैकिङ सफ्वेयरमा एक रुपता र विश्वसनियता सिर्जना गर्नुपर्ने बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताए ।

विकु साकोसका सिइओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थानविन्दु भएको औल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरु बढेको अनुभव सुनाए । विन्धबासिनी साकोसका सिइओ केवी लामाले प्राविधिक सेवा उत्कृष्ट रहेको बताए ।

इन्फोडेभलपर्सका सीईओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायत अन्य प्रडक्टहरुको विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा इन्फोडेभलपर्सका सिओओ डा. राजिव सुब्बाले गरिवी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रुपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताउनुभयो । ‘यो साझेदारीले नयाँ तरंग सिर्जना गरेको छ,’ उनले भने । इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाहरुको डिजिटलाइजसेनको प्रयासमा सघाउन विभिन्न प्रडक्ट ल्याएको छ । महासंघले सहकारीमा ती प्रडक्टलाई मापन गरी पहिचान गर्न योग्य भएको सावित गरेको बताइएको छ ।

प्रतिक्रिया