बुधबार, वैशाख १२, २०८१

१० जनामा कोरोना, संक्रमण मुक्त हुने दर ९८ प्रतिशत

नेपालखोज २०७९ जेठ ९ गते १६:५७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २३३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ भने ५३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३१ हजार ३८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया