बिहीबार, चैत १५, २०८०

विश्वकप फुटबल -२०२२ : आज क्वाटरफाइनलको समीकरण पूरा हुने

नेपालखोज २०७९ मंसिर २० गते १०:०७

काठमाडाैं । विश्वकप फुटबल अन्तरगत आज राति हुने दुई प्रतिस्पर्धासँगै विश्वकप फुटबल – २०२२ को क्वाटरफाइनलको समिकरण पूरा हुनेछ । तालिकाअनुसार अन्तिम दिनको प्रीक्वाटरफाइनलमा मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड एक-अर्कासँग भिडदैछन् । यस अघिका प्रीक्वाटरफाइनल ( उत्कृष्ट १६ ) बाट नेदरल्यान्ड्स , इंग्ल्याण्ड , अर्जेन्टिना , फ्रान्स , ब्राजिल तथा क्रोएसियाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

आज मंगलबार हुने खेलबाट मोरक्को , स्पेन , पोर्चुगल तथा स्वीटजरल्याण्डको भाग्यको फैसला हुनेछ भने यसबाट दुई टिम घर फर्कने छन् अनि दुई टिम अघिल्लो चरणमा जानेछन् । यसअघिका प्रीक्वाटरफाइनलबाट सेनेगल, जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया तथा पोल्याण्ड पराजित हुँदै घर तर्फ लागिसकेका छन् । अहिलेसम्मको समिकरण अनुसार अबका खेलमा नेदरल्यान्ड्स तथा अर्जेन्टिना, इंग्ल्याण्ड तथा फ्रान्स, ब्राजिल तथा क्रोएसिया क्वाटरफाइनलमा एक अर्काको प्रतिस्पर्धि हुनेछन् ।

अब मंसिर २३ गते शुक्रबार साँझ ८ : ४५ बजे ब्राजिल तथा क्रोएसिया एवं राति १२ : ४५ बजे नेदरल्यान्ड्स तथा अर्जेन्टिना बिच महाभिडन्त हुनेछ भने मंसिर २४ गते शनिबार साँझ ८ : ४५ बजे इंग्ल्याण्ड तथा फ्रान्सअनि राति १२ : ४५ बजे आज रातिका दुई विजेताबीच महासंग्राम चल्नेछ ।

क्वाटरफाइनलको तालिका

मंसिर २३ गते शुक्रबार साँझ ८ : ४५ बजे ब्राजिल तथा क्रोएसिया मंसिर २३ गते शुक्रबार राति १२ : ४५ बजे नेदरल्यान्ड्स तथा अर्जेन्टिना मंसिर २४ गते शनिबार साँझ ८ : ४५ बजे इंग्ल्याण्ड तथा फ्रान्स मंसिर २४ गते शनिबार राति १२ : ४५ बजे प्रीक्वाटरफाइनलका मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीचका विजेता ।

कतार विश्वकप फुटबल -२०२२ को सेमिफाइनल मंसिर २७ गते मंगलबार तथा मंसिर २८ गते बुधबार हुनेछ । यसैगरी तेस्रो स्थानका लागि पुस २ गते शनिबार सेमिफाइनलका पराजितहरु भिडनेछन । यो विश्वकपको फाइनल पुस ३ गते आइतबार साँझ ८:४५ बजे हुने निर्धारित कार्यक्रम छ ।

प्रतिक्रिया