शुक्रबार, वैशाख ७, २०८१

रिभर फल्स पावरको आईपीओ बाँडफाँड

नेपालखोज २०७९ जेठ ९ गते १९:१६

काठमाडाैं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये १८ लाख पाँच हजार ४४० योग्य आवेदकमध्ये दुई लाख ५३ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो ।

कम्पनीले २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आवेदन दिन आह्वान गरेको थियो ।

बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया