शुक्रबार, जेठ ४, २०८१

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साह विजयी

नेपालखोज २०७९ जेठ ९ गते २१:०४

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेद्वार मनोज साह सुडी र उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह विजयी भएका छन् । अहिले केही बेरअघि सार्वजनिक अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याउनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याएका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यस्तै लोसपाका मनोज चौधरीले पाँच हजार ३६० मत ल्याउँदा निवर्तमान नगरप्रमुख तथा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत ल्याए ।

यसैगरी उपप्रमुखमा कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याए । यस्तै निवर्तमान उपप्रमुख रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याए । योसँगै धनुषाको १८ वटै पालिकाको मतगणना सकिएको छ ।

प्रतिक्रिया