बिहीबार, वैशाख १३, २०८१

चौबीस घण्टामा ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

नेपालखोज २०७८ साउन १८ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ९२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार २७९ र ३ हजार १९८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४६ जना गरी जम्मा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया