सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
नेपालखोज
२०७९ जेठ १० गते ७:१८

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने छ । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दीगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया