शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ जेठ १० गते १०:३९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन साेमबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार पनि तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार पनि चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया