दैलेखमा पहिरोले एककाे मृत्यु, ६ जना घाइते
नेपालखोज
२०७७ भदौ ३ गते १५:१५
दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले ७ वटा घर बगाएकाे छ । पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताए ।
सम्बन्धित
प्रतिक्रिया