बिहीबार, वैशाख १३, २०८१

कुवेती दिनार एकको ४०६ रुपैयाँ १५ पैसा तिर्नुपर्ने

नेपालखोज २०७९ जेठ १० गते १२:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य १२४ रुपैयाँ ३३ पैसा रुपैयाँ तोकेको छ । यस्तै, खरिद मूल्य भने १२३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन १ युरोको बिक्री मूल्य १३२ रुपैयाँ ७७ पैसा छ भने खरिद मूल्य १३२ रुपैयाँ १३ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री मूल्य १५६ रुपैयाँ ६३ पैसा छ भने खरिद मूल्य १५५ रुपैयाँ ८८ पैसा रहेको छ ।

कोरियन वन एक सयको बिक्री मूल्य ९ रुपैयाँ ८६ पैसा र खरिद मूल्य ९ रुपैयाँ ८१ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको बिक्री मूल्य ३४ रुपैयाँ ७ पैसा र खरिद मूल्य ३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार १ को बिक्री मूल्य ४०६ रुपैयाँ १५ पैसा र खरिद मूल्य ४०४ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया