शुक्रबार, चैत १६, २०८०

बजेटअघि माओवादी संसदीय संसदको बैठक बस्दै

नेपालखोज २०७९ जेठ १० गते १३:१३

काठमाडौं । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रको आज (मंगलबार) संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदमा आजै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । त्यसअघि पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादीको बैठक बस्ने तय भएको जनाइएको छ ।

प्रतिक्रिया