शुक्रबार, वैशाख १४, २०८१

निर्वाचनको ११ दिनपछि बल्ल सुरु भयो उदयपुरको त्रियुगामा मतगणना

नेपालखोज २०७९ जेठ १० गते १४:५०

उदयपुर । मतदान भएको ११ दिनपछि उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । केही दलहरूको असहमति हुँदाहुँदै निर्वाचन आयोगकाे प्रयासमा मतगणना सुरु भएको हो ।

त्रियुगास्थित प्रायः सवै दलहरूले वडा नम्बर १२ मा पुनः मतदानको माग गर्दै आन्दोलनसम्मको अवस्थामा पुगेपछि मतगणना कार्य सुरु हुन सकेको थिएन । मतगणना निर्वाचन आयोगको निर्देशनमा सुरु गरिएको जनाइएको छ ।

१२ नम्बर वडास्थित स्थानीय जनप्रेमी माविमा रहेका क ख र ग मतदान केन्द्रमा वैशाख ३० गते मतदानकै क्रममा विवाद भएको थियो । विवादका क्रममा अशान्ति हुँदा मतदान नै स्थगित गरिएको थियो ।सो केन्द्रमा पुनः मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद हुँदै आएको थियो । एमाले र कांग्रेसबाहेक अन्य दलले भने पुनः मतदानको माग गरेका थिए ।

प्रतिक्रिया