सेन्चुरी बैंकको ऋणपत्रमा मागबमोजिमको आवेदन
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा मागबमोजिमको आवेदन परेको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेन्चुरी डिबेन्चर २०८८’ को प्रतिकित्ता डिबेन्चर अंकित मूल्य रु. १,००० को दरले २२,००,००० कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात १३,२०,००० कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८,८०,००० कित्ता डिबेन्चर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्तासमेत) सर्वसाधारणमा वैशाख २५ देखि जेठ ४ गतेसम्म बिक्री खुला गरिएकामा उक्त अवधिभित्र मागबमोजिम नै आवेदन प्राप्त हुन आएको छ ।
सर्वसाधारणमा निष्काशित ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भई आएको १०,००० कित्ता डिबेन्चर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गर्दा सि–आस्वा प्रणालीमार्पmत आवेदन गर्नु हुने २,२७२ आवेदकबाट ७८,७८५ कित्ता डिबेन्चरका लागि आवेदन प्राप्त भएकोमा १० आवेदकका हकमा निजहरूको अनुरोधबमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकी २,२६२ आवेदकबाट प्राप्त ७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीका लागि छुट्याइएको १३,२०,००० कित्ता डिबेन्चरमा सर्वसाधारणका तर्फबाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१,११,६३० कित्ता डिबेन्चर परिपत्र विधिबाट बिक्री खुला गरिएकोमा मागबमोजिम नै अर्थात २१,११,६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त भएको बैंकले जनाएको छ । बैंकका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकलाई कुल २१,९०,००० कित्ता डिबेन्चर आज (जेठ १० गते) बिहान साढे ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रजिस्टर्ड कार्यालय, नक्सालमा नियमन निकाय, लगानीकर्ता, सञ्चारमाध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बाँडफाँड गरिएको हो ।
प्रतिक्रिया