आइतबार, जेठ ६, २०८१

पृथ्वीनजिक आइरहेछ एफिल टावर जत्रो एस्टेरोइड, के भन्छ नासा ?

नेपालखोज २०७८ कार्तिक २३ गते १४:१३

काठमाडौं । फ्रान्सको एफिल टावर जत्रो एस्‍टेरोइड (Asteroid) आउने महिना पृथ्वीनजिकबाट जाने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । नासाले यो एस्‍टेरोइडलाई (उल्कापिण्ड) सम्भावित खतराको श्रेणीमा राखे पनि यसलाई त्यति खतरनाक भने मानेको छैन ।

यो उल्कापिण्ड (एस्‍टेरोइड) को नाम ४६६० नेरेअस (Nereus) राखिएको छ । यो एस्‍टेरोइड फुटबल मैदानभन्दा करिब तीनगुणा ठूलो छ । यदि यो पृथ्वीसँग ठोक्कियो भने त्यसको परिणाम निकै भयानक हुन सक्छ तर यो एस्‍टेरोइड पृथ्वीभन्दा निकै परबाट गुज्रने नासाका वैज्ञानिकहरुले बताएका छन् ।

नासाका अनुसार यो एस्‍टेरोइड पृथ्वीभन्दा ३९ लाख किलोमिटर परबाट पार हुनेछ । जुन पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा १० गुणा बढी हो । नासाले दिएको जानकारीअनुसार ११ डिसेम्बरमा यो एस्‍टेरोइड पृथ्वीको सबैभन्दा नजिकबाट गुज्रने अनुमान छ । यो एस्‍टेरोइड नेरेअस ३३० मिटर लामो छ जसले यसलाई अन्य ९० प्रतिशत उल्कापिण्ड (एस्‍टेरोइड) भन्दा ठूलो बनाएको छ । यो ब्रह्‌माण्डमा नेरेअसभन्दा पनि धेरै ठूला कैंयन् उल्कापिण्ड विद्यमान छन् ।

यो उल्कापिण्ड नेरेअसले प्रत्‍येक ६६४ दिनमा सूर्यको एक फन्को लगाउँछ । ११ डिसेम्बरपछि यो एस्‍टेरोइड नेरेअस २ मार्च २०३१ मा फेरि पृथ्वीतीनजिक आउनेछ । एस्‍टेरोइड नेरेअसको खोज अमेरिकी खगोलविद् एलेनोर एफ हेलिनले १९८२ मा गरेका थिए । यो एस्‍टेरोइड नेरेअस एपोलो समूहको एक सदस्य हो र सूर्यको परिक्रमा गर्ने क्रममा यो पृथ्‍वीको कक्ष नजिकबाट गुज्रन्छ ।

एस्‍टेरोइड ती चट्टान हुन् जसले कुनै ग्रहले जस्तै सूर्यको चक्कर लगाउँछन् । यद्यपि यी आकारका हिसाबले ग्रहभन्दा निकै साना हुन्छन् । मंगल र वृहस्पति ग्रहको कक्षमा बढी एस्‍टेरोइड पाइएका छन् ।

No description available.

यी एस्‍टेरोइडहरु विभिन्न ग्रहको कक्षमा चक्कर लगाउनुका अतिरिक्त ती ग्रहहरुसँगै सूर्यको पनि चक्कर लगाउँछन् । करिब ४.५ अर्ब वर्ष पहिले यो ब्रह्‌माण्ड निर्माण हुने क्रममा ग्यास र धुलोको त्यो बादल जसले कुनै ग्रहको आकार लिन पाएन पछि गएर त्यो चट्टान अर्थात् एस्‍टेरोइडमा परिवर्तित भयो । यस्ता एस्‍टेरोइडहरु ग्रहजस्ता गोला हुँदैनन् र कुनै दुई एस्‍टेरोइड एकै प्रकारको भएको पाइँदैन ।

हुन त यस्ता उल्कापिण्ड लाखौं छन् तर नासाले अहिले ती दुई हजार एस्‍टेरोइडको नियमित अनुगमन गरिरहेको छ जुन हाम्रो पृथ्वीका लागि खतरा बन्न सक्छन् । तीव्र गतिको कुनै पनि स्पेस अब्जेक्ट हाम्रो पृथ्वीभन्दा ४६.५ लाख माइलनजिक आउने सम्भावना भए त्यसलाई पृथ्वीका लागि जोखिम मानिन्छ । नासाको प्रणालीले यस्ता खतरामाथि नजर पुर्‍याइरहेको हुन्छ । आगामी सय वर्षभित्र २२ वटा एस्‍टेरोइड पृथ्वीको नजिक भएर गुज्रनेछन् जसलाई नासाले जोखिमको श्रेणीमा राखेको छ वा यसो भनौं ती उल्कापिण्ड (एस्‍टेरोइड) हाम्रो पृथ्वीसँग ठोक्किने सम्भावना छ ।

No description available.

तस्बिर : एपी/नासा

प्रतिक्रिया