शुक्रबार, वैशाख ७, २०८१

‘तरबार’मा बेनिशाको कमाल !

नेपालखोज २०७९ जेठ १० गते १६:१२

काठमाडौं । भदौ ३ मा सार्वजनिक हुन लागेको चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । दरबारमार्गस्थित हलमा मंगलबार औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘तरबार’ बोलको यो गीतमा अभिनेत्री बेनिशा हमालले लोभलाग्दो नृत्य गरेकी छिन् ।

गीतलाई लिएर आफू साँच्ची नै उत्साही रहेको हमालले प्रतिक्रिया दिएकी छन् । ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर उत्साही थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ बेनिशाले भनिन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दै छन् । उनले इमानदारी साथ फिल्म बनाएकाले दर्शकलाई साथ दिन पनि आग्रह गरे । गीतमा तेज गिरीको पनि अभिनय छ ।

चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’लाई स्पट ब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । कार्यक्रममा सम्बोधन गर्दै निर्माता अनन्तमान श्रेष्ठले फिल्म क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी रहनुपर्छ तब मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचसहित फिल्म निर्माणमा संलग्न भएको धारणा राखे ।

वाइल्ड रिपर्ज क्रिऊको कोरियोग्राफी रहेको गीतलाई किरण भुसालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको छ । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् ।

फिल्ममा तेज र बेनिशाका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गीत विष्ट आदिको अभिनय छ । फिल्मबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यू गर्दै छन् ।

प्रतिक्रिया