अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत खत्रीको कार्यकाल थप
नेपालखोज
२०७९ जेठ १० गते १७:५२
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको कार्यकाल थप भएको छ ।
सञ्चालक समितिको यही वैशाख १५ गते बसेको १०४औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको दोस्रो कार्यकाल चार वर्ष थप गरी स्वीकृतिका लागि बिमा समितिमा पेस भएको थियो ।
कम्पनीका अनुसार समितिबाट स्वीकृत प्रदान गरी यही जेठ ९ गते सोमबार पत्र प्राप्त भई पुनः चार वर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया