टेक्ससमा बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुग्यो, ३ दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन
काठमाडाैं । अमेरिकाको टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा १८ बालबालिका रहेको छन् भने ३ जना १८ वर्ष माथिका रहेका छन् ।
१८ वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । बन्दुकधारी किशोर रहेको र प्राथमिक विद्यालयमा गोलि चलाउनु पूर्व उनले घरमा हजूरआमालाई पनि गोली प्रहार गरी मारेको बताइएको छ । प्रहरीले आक्रमणकारीलाई मारेको दाबी गरेको छ । उनको पहिचानबारे अहिलेसम्म केही स्पष्ट भएको छैन ।
उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । राष्ट्रपति जो बाइडेनले मृतकहरूको सम्झनामा तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ ।
प्रतिक्रिया