शुक्रबार, चैत १६, २०८०

डब्ल्यूएचओको महानिर्देशकमा पुन: ट्रेड्रोस

नेपालखोज २०७९ जेठ ११ गते ८:४८

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा ट्रेड्रोस अधानम गेब्रेयेसस महानिर्देशकमा निर्वाचित भएका छन् । डब्ल्यूएचओका वर्तमान महानिर्देशक समेत रहेका ट्रेड्रोस फेरि पाँच वर्षीय कार्यकालका लागि चयन भएका हुन् ।

विश्व स्वास्थ्य सभाका अध्यक्षले मंगलबार ट्रेड्रोस महानिर्देशकमा फेरि निर्वाचित भएको जानकारी दिएका छन् । महानिर्देशक बन्नका लागि ट्रेड्रोसको मात्रै उम्मेद्वारी रहेको थियो । डब्ल्यूएचओको महानिर्देशकमा पाँच वर्षका लागि निर्वाचित भएका ट्रेड्रोस इथियोपियाको पूर्वस्वास्थ्यमन्त्री हुन् ।

प्रतिक्रिया