आइतबार, जेठ ६, २०८१

बालेनको मत ५४ हजार ७१८ पुग्यो, सिर्जना ३५,६०८ र केशव ३३,९७४

नेपालखोज २०७९ जेठ ११ गते ९:२३

काठमाडौं । महानगरपालिकाको मतपरिणाम सकिँनै लाग्दा बालेनले अझ अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५४ हजार ७१८ मत पुर्याएका छन् ।

बालेन र सिर्जनाबीचको मतान्तर १९,११० छ भने स्थापित र बालेनबीच २०,७४४ मतान्तर देखिएको छ । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ६०८ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापित ३३ हजार ९७४ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया