शुक्रबार, वैशाख १४, २०८१

हुवावे थाईल्यान्ड प्रधानमन्त्री अवार्डबाट सम्मानित

नेपालखोज २०७७ फागुन २८ गते ११:१३

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार हुवावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गर्नुभएको छ ।
साथै, प्रधानमन्त्रीले हुवावेका कार्यकारीहरुलाई बधाई दिनुभएको छ र थाइल्याण्डलाई अगाडि बढाउन कम्पनीको मिसन जारी राख्न आग्रह समेत गर्नुभएको छ ।

प्रधानमन्त्री प्रयुतले उहाँको सरकारले फाइभ जी र एआइ प्रणालीको विकासमा जोड दिने समेत बताउनुभयो । आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गर्नुभयो ।

यो पुरस्कार २१ बर्ष अघि हुवावे थाईल्यान्ड राज्यमा स्थापना भई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि सम्मान हो । यो पुरस्कार प्राप्त गर्ने यो एक मात्र अन्तर्राष्ट्रिय कम्पनी हो ।

डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मानफटचरिनले पुरस्कार समारोहमा भन्नु भयो, “ हुवावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पुर्‍याउँछ । प्रविधि मार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ । “नट्टापोनले भन्नु भयो कि कोभिड–१९ महामारीको क्रममा, हुवावेले एआई–सहयोगी समाधान र देशको चिकित्सा टोलीलाई अस्पतालहरुमा सहयोग गर्न फाइभ जी प्रविधि प्रयोग गर्‍याे।

उहाँले भन्नुभयो कि थाइल्यान्डको पहिलो फाइभ जी इकोसिस्टम इनोवेशन सेन्टर हुवावेको सहयोगमा सुरू गरेको हो र फाइभ जी टेक्नोलोजीले थाइल्यान्डलाई आफ्नो व्यवसायिक प्रतिस्पर्धा बढाउन सहयोग पुर्‍याएको छ ।

नट्टापोनले भन्नुभयो कि थाइल्यान्ड हुवावेको डिजिटल अर्थव्यवस्था ड्राइभ गर्न लगातार प्रयास र सद्भावना को लागि कृतज्ञ छ ।

हुवावे थाईल्याण्डका सीईओ आबेल डेङ्गले भन्नुभयो, “हुवावेले दीर्घकालीन साझेदारीको महत्त्व राख्छ र थाइल्याण्डलाई डिजिटल युगको अग्रस्थानमा राख्न मद्दत गर्न ग्राहकहरू र साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ ।”

प्रतिक्रिया