बिहीबार, चैत १५, २०८०

सुनचाँदीको मूल्य २ सयले बढ्याे

नेपालखोज २०७९ जेठ ११ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे छ। आज चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया