बुधबार, जेठ १, २०८२

अमेरिकासँगको सम्बन्ध बलियो हुँदै गएको भारतको दाबी

नेपालखोज २०७९ जेठ ११ गते १०:५९

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीचको भेटले द्विपक्षीय सम्बन्ध बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मंगलबार राति मात्रै मोदी र बाइडेनबीच जापानको टोकियोमा भेटवार्ता भएको हो ।

यसैबीच, दुई देशका नेताहरू बीच भएको भेटले नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गरेको छन् । यी देशले कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भने सम्बन्धमा पनि घनिभूत छलफल गरेका छन् ।

प्रतिक्रिया