सोमबार, पुष ७, २०८२

थाइराइडका बिरामीलाई अल्कामा छुट, टीएफटी परीक्षण निःशुल्क

नेपालखोज २०७९ जेठ ११ गते १४:२९

ललितपुर । थाइराइड भएका बिरामीका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामी लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

अल्का अस्पताललको प्रांगणमा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका बिरामीलाई गरिने परीक्षणहरूमध्ये टीएफटी निःशुल्क गरिएको छ । अन्य ल्याब परीक्षणहरूमा भारी छुट गरिएको अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरूले एक महिनासम्म फलोअप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए । शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामूलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुनः जावलाखेल आएर सकिएको थियो ।

र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपांगता भएका व्यक्ति रमेश नेपालीले रिबन काटेर उद्घाटन गरेका थिए ।

प्रतिक्रिया