राष्ट्र बैंकद्वारा ३ अर्ब ३ करोडको नागरिक बचतपत्र बिक्री आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब तीन करोड ६ लाख ६० हजार रुपैयाँबराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही जेठ १२ देखि जेठ ३१ गतेसम्म पाँचवर्षे अवधिको नागरिक बचतपत्र २०८४ (पाँचवर्षे) बिक्री गर्न लागिएको हो ।
नेपाली नागरिकले खरिद गर्न सकिने यो बचतपत्रको निष्कासन अवधि २०७९ असार ८ गते तोकिएको छ भने सावाँ भुक्तानी अवधि २०८४ असार ८ गते तोकिएको छ । खरिद गरिएको उक्त बचतपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइने छ । खरिद गरिएको बचतपत्र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुुनेछ । वार्षिक ११ प्रतिशत ब्याजदर तोकिएको यो बचतपत्रको ब्याज आम्दानीमा ब्याजकर लाग्नेछ ।
राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सीमामा रहेर खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया