बिहीबार, वैशाख १३, २०८१

रुस-युक्रेन युद्धको असर हंगेरीमा, संकटकालको घोषणा

नेपालखोज २०७९ जेठ १२ गते ९:२९

काठमाडौं । हंगेरीमा त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ । रुस र युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा नराम्ररी असर पारेपछि संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीमा भिक्टर अर्वान निर्वाचित हुनेवित्तीकै राष्ट्रिय संकट उत्पन्न भएको महसुस गर्दै संकटकाल घोषणा गरेका हुन् ।

रुस र युक्रेनबीचको जारी युद्धले अर्थतन्त्रमा असर बढ्दै गएकाले संकटकाल घोषणा गर्नुपरेको नवनिर्वाचित प्रधानमन्त्री अर्वानले जनाएका छन् । प्रधानमन्त्री अर्वानले मंगलबार मात्रै नयाँ सरकार गठन गरेका थिए ।

संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालन गरिएका छन् । संकटकाल घोषणाले आर्थिक संकटसँगै बढ्दो अभाव र महँगी न्यूनीकरणका लागि सहयोग पुग्ने प्रधानमन्त्री अर्वानले दाबी गरेका छन् ।

प्रतिक्रिया