आइतबार, वैशाख २३, २०८१

१४ अंंकले नेप्से घट्यो, ९० करोड ८१ लाखको सेयर किनबेच

नेपालखोज २०७९ भदौ ३१ गते १३:३८

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से आज (शुक्रबार) पुन: १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० अंकमा झरेको छ ।

नेप्सेमा शुक्रबार दुई सय २० वटा कम्पनीहरुको १८ हजार पाँच सय ३१ पटकको कारोबारमा २९ लाख १६ हजार दुई सय ७१ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा शुक्रबार १३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ८७ अंकले घटेर १३ सय ६ दशमलव ९४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४४ दशमलव एक अंकले घटेर ३४ सय ३० दशमलव ५५ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि २५ दशमलव २४ अंकले घटेर २१ सय २३ दशमलव ६९ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक २७ दशमलव ३५ अंकले घटेर सात हजार सात सय ६७ दशमलव ४२ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक २२ दशमलव २६ अंकले घटेर नौ हजार एक सय १० दशमलव ५२ अंकमा झरेको छ । ट्रेडिङ, होटेल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नबिल व्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य सात दशमलव ८७ प्रतिशतले बढेर नौ रुपैयाँ ६० पैसामा कारोबार हुँदा मिर्मिरे माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ५९ प्रतिशतले घटेर नौ सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिडी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ३७ रुपैयाँ अन्तिम मूल्यमा चार करोड २३ लाख ३२ हजार ६ सय ७७ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया