शुक्रबार, चैत १६, २०८०

सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ १२ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेकाे छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी १२ सय ७५ रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया