बिहीबार, चैत १५, २०८०

सरकारकाे नयाँ कदमले राहदानी विभाग व्यवस्थित होला ?

नेपालखोज २०७९ जेठ १२ गते १४:०७

काठमाडौं । राहदानी विभागले बिदाको दिन पनि सेवा प्रदान कार्य नरोक्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीतिअनुसार जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीको काम गरिने विभागले जनाएको छ ।

सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि आजभोलि विभागमा थामिनसक्नुको चाप छ । चाप धान्न गाह्रो भएपछि र सेवाग्राहीलाई पनि सहजता प्रदान गर्ने उद्देश्यले विभागले आगामी आइतबारदेखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय खुल्ने विभागको सूचनामा उल्लेख छ ।

प्रि–इनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका प्राविधिक समस्याहरूको समाधान गनेगरी विभागले सफ्टवेयरमा मेजर अपडेट समेत गरेको जनाइएको छ ।

प्रतिक्रिया